डेंगु संक्रमणबाट ६ जनाको मृत्यु, सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो

03 November, 2025 139 Views
डेंगु संक्रमणबाट ६ जनाको मृत्यु, सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो
139

कात्तिक, काठमाडौं ।  पछिल्लो एक सातामा १ सय ७४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । डोल्पा र मनाङ बाहेक अन्य ७५ वटा जिल्लामा डेंगुको सङ्क्रमण फैलिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीका पछिल्लो २४ घण्टामा मात्रै २४ जनामा सङ्क्रमण देखिएको छ । यो सँगै नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या ७ हजार ७५ पुगेको छ । सबैभन्दा धेरै बागमती प्रदेशमा एक हजार ७६३ जनामा डेङ्गु पुष्टि भएको छ भने गण्डकी प्रदेशमा एक हजार ७७५, लुम्बिनीमा एक हजार १६९, कोशीमा ९९३, सुदूरपश्चिममा ७८८, कर्णालीमा ५०० र मधेशमा १४७ जनामा डेङ्गु पुष्टि भएको छ ।

डेंगु आक्रमणकै कारण ६ जनाको मृत्यु भएको ईडीसीडीले जनाएको छ । सफा तथा भांडोमा जम्मा भएको पानीमा हुर्कने एडीक जातको लामखुट्टेको टोकाईबाट सर्ने यो रोगको संक्रमण विशेष गरी वर्षायाममा फैलिने गर्दछ । तर पछिल्लो समय बाह्रै महिना यसको सङ्क्रमण देखिन थालेको चिकित्सकहरू बताउँछन् ।

Related Post