123
काठमाडौं । नेपाली कांग्रेसका सचेतक निस्कल राईको एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको छ। अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गएराति शल्यक्रिया गरिएको हो।
हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र अस्पतालमै उपचार भइरहेको बताइएको छ।
शल्यक्रिया सफल बनाउने चिकित्सक तथा अस्पताल परिवारप्रति राईले आभार व्यक्त गरेका छन्। स्वास्थ्य समस्याका कारण सबैको फोन उठाउन नसकेको भन्दै उनले क्षमासमेत मागेका छन्।
अस्पतालमा उपचाररत रहे पनि आफ्नो उम्मेदवारीप्रति महाधिवेशन प्रतिनिधि तथा पार्टीका साथीहरूले देखाएको माया, सद्भाव र साथले हौसला मिलेको उनले बताएका छन्। साथै, शीघ्र स्वास्थ्य लाभको कामना गर्ने सम्पूर्ण शुभचिन्तकलाई धन्यवाद दिएका छन्।