ECAN केन्द्रीय कार्यकारिणी सदस्यमा भेषराज (भीष्म) रायको उम्मेदवारी घोषणा

06 January, 2026 350 Views
ECAN केन्द्रीय कार्यकारिणी सदस्यमा  भेषराज  (भीष्म) रायको उम्मेदवारी घोषणा
350

पौष,काठमाडौँ । बिगत लामो समयदेखी शैक्षिक परामर्श व्यवसायी क्षेत्रमा सक्रिय रहेका भेषराज  (भीष्म) रायले नेपाल शैक्षिक परामर्श संघ (ECAN) को आगामी निर्वाचनका लागि केन्द्रीय कार्यकारिणी सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

शिक्षा परामर्श क्षेत्रमा १५ वर्षभन्दा बढीको अनुभव हासिल गरेका रायले ECAN को संस्थागत विकास, व्यवसायिक हितको संरक्षण र नैतिक अभ्यासको सुदृढीकरणलाई आफ्नो प्रमुख प्रतिबद्धता बताएका छन्। Lions Club मार्फत CSR (Corporate Social Responsibility) क्षेत्रमा हासिल गरेको अनुभवलाई ECAN भित्र प्रभावकारी रूपमा लागू गर्ने लक्ष्यसहित आफू मैदानमा उत्रिएको रायको भनाइ छ।

उनले अघिल्लो कार्यसमितिले सञ्चालन गरेका सफल CSR कार्यक्रमहरूको निरन्तरता, ECAN का प्रत्येक गतिविधिमार्फत CSR कोष संकलन तथा त्यसको पारदर्शी परिचालन, साथै शाखास्तरसम्म CSR कोष विस्तार गर्ने योजना अघि सारेका छन्।

रायले व्यवसायिक हित र नैतिक अभ्यासलाई मजबुत बनाउँदै संस्था प्रति जवाफदेही, पारदर्शी र व्यवसायमैत्री ECAN निर्माणका लागि सबै सदस्यसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

लामो समयदेखि शिक्षा परामर्श क्षेत्रमा देखिएका कमीकमजोरी सुधार्ने स्पष्ट योजना आफूसँग रहेको उल्लेख गर्दै उनले सभ्य, मर्यादित र परिणाममुखी कार्यसम्पादन गर्न सक्षम भएकाले सम्पूर्ण मतदाताबाट सहयोग र समर्थन प्राप्त हुनेमा आफू ढुक्क रहेको बताए।

Related Post