एकान्तकुनामा प्रहरीको छापा, १ करोड ६७ लाख नगदसहित तीन जना पक्राउ

एकान्तकुनामा प्रहरीको छापा, १ करोड ६७ लाख नगदसहित तीन जना पक्राउ
53

काठमाडौं । काठमाडौं उपत्यकामा हुण्डी कारोबारविरुद्ध प्रहरीले ठूलो रकमसहित तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले ललितपुरको एकान्तकुनाबाट १ करोड ६७ लाख रुपैयाँ नगदसहित तीन जनालाई नियन्त्रणमा लिएको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ।

पक्राउ पर्नेमा भोजपुर नगरपालिका–३ का ३० वर्षीय दीपक खड्का, ललितपुरको गोदावरी नगरपालिका–१० का ३२ वर्षीय जयराम केसी र काठमाडौंको बानेश्वरका प्रज्वल रिजाल रहेका छन्।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रामेश्वर कार्कीले जानकारी दिएका छन्।

प्रहरीले बरामद गरेको रकमको स्रोत र उनीहरूको कारोबारबारे थप अनुसन्धान गरिरहेको छ।

Related Post