215
कात्तिक, काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक कात्तिक १५ गते शनिबार बस्ने भएको छ। बैठकले ११औं महाधिवेशनको तयारीका सम्बन्धित विभिन्न निर्णय गर्ने बताइएको छ। गत असोज २९ देखि असोज ३१ गतेसम्म भएको एमालेको १०औं केन्द्रीय कमिटी बैठकले ११औं महाधिवेशन आगामी मङ्सिर २७ देखि मंसिर २९ गतेसम्म पोखरामा गर्ने निर्णय गरेको थियो।
पार्टीको केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अधिकारीका अनुसार सचिवालय बैठकबाट महाधिवेशनका बारेमा विभिन्न निर्णय गर्ने तयारी छ। सो बैठकले महाधिवेशन प्रतिनिधि छनोट र विधि महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन, स्थानीय आयोजकसँग समन्वय आदिका बारेमा निर्णय गर्ने बताइएको छ।
बैठकले महाधिवेशन तयारीको पूर्ण खाका सार्वजनिक गर्नेछ। बैठकले महाधिवेशनको लोगो र नाराका विषयमा पनि छलफल गर्ने छ।