74
असोज, काठमाडौं । एमाले केन्द्रीय सचिवालयको बैठक गुण्डुमा सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा बैठक सुरु भएको हो ।
आजको बैठकमा समसामयिक राजनीतिक परिस्थिति,पार्टीका आन्तरिक विषयको व्यवस्थापन, जेनजी आन्दोलनपछि पार्टीको अवस्था, भावि निर्वाचन र आसन्न केन्द्रीय कमिटीका एजेन्डाबारे छलफल हुने एमालेले जनाएको छ ।
एमाले अध्यक्ष ओलीले वर्तमान सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक रहेको बताउँदै विघटित प्रतिनिधि सभा पुनस्र्थापना गर्न पार्टीले पहल गर्ने बताएका छन् ।