एसियाली विकास बैंक (ADB) का अध्यक्ष नेपालमा, प्रधानमन्त्री बालेन शाहसँग 'वान-अन-वान' भेटवार्ता गर्दै

06 July, 2026 63 Views
एसियाली विकास बैंक (ADB) का अध्यक्ष नेपालमा, प्रधानमन्त्री बालेन शाहसँग 'वान-अन-वान' भेटवार्ता गर्दै
63
एसियाली विकास बैंक (ADB) का अध्यक्ष मसातो कान्डा दुई दिने आधिकारिक भ्रमणका लागि सोमबार काठमाडौँ आइपुगेका छन्। नेपालको सबैभन्दा ठूलो विकास साझेदार संस्थाका प्रमुखको यो करिब १५ वर्षपछिको पहिलो नेपाल भ्रमण हो। भ्रमणको मुख्य आकर्षणको रूपमा प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार सिंहदरबारमा अध्यक्ष कान्डासँग विशेष 'वान-अन-वान' (एकल) भेटवार्ता गर्दैछन्
प्रधानमन्त्रीको कार्यभार सम्हालेपछि बालेन शाहले कुनै पनि विदेशी उच्च अधिकारी वा कूटनीतिज्ञसँग गर्न लागेको यो नै पहिलो एकल भेटवार्ता हो। यसअघि अमेरिकी र भारतीय नियोगका प्रमुखहरूको एकल भेटघाट प्रस्ताव अस्वीकार गर्दै आएका प्रधानमन्त्री शाहको यो कदमलाई कूटनीतिक क्षेत्रका विज्ञहरूले नेपालको परराष्ट्र नीतिलाई थप संस्थागत र राज्य-नेतृत्वको ढाँचामा लैजाने प्रयासको रूपमा हेरेका छन्। 
नेपाल बसाइका क्रममा अध्यक्ष कान्डाले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग छुट्टाछुट्टै छलफल गरिसकेका छन्। भ्रमणका क्रममा नेपाल र एडीबीबीच १६ करोड ५० लाख अमेरिकी डलर (करीब २२ अर्ब रुपैयाँ) बराबरको दुईवटा महत्त्वपूर्ण वित्तीय सहयोग सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ
जसअन्तर्गत भन्सार आधुनिकीकरण र व्यापार सहजीकरणका लागि ५ करोड डलर र देशका १२ वटा सहरहरूमा जलवायु-उत्थानशील खानेपानी तथा सहरी सरसफाइ सुधार आयोजनाका लागि ११ करोड ५० लाख डलर परिचालन गरिनेछ। हाल नेपालमा एडीबीको आर्थिक सहयोगमा करीब ३.९ अर्ब अमेरिकी डलर बराबरका विभिन्न विकास आयोजनाहरू सञ्चालनमा रहेका छन्।

Related Post