फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरणका खेलहरु सकिएसँगै अन्तिम १६ ९प्रि–क्वार्टरफाइन०को समीकरण पूरा भएको छ । आज बिहान अन्तिम ३२ का खेल सकिएसँगै प्रि क्वार्टरफाइलनको समीकरण टुंगो लागेको हो ।
अन्तिम ३२ को खेलमा सहआयोजक क्यानडाले दक्षिण अफ्रिकालाई पराजित गर्दा ब्राजिलले जापानलाई हराएको थियो । यस्तै, जर्मनीले पाराग्वे, मोरक्कोले नेदरल्यान्ड्स, नर्वेले आइभरी कोस्ट तथा फ्रान्सले स्वीडेनलाई हराएका छन् ।
यसैगरी, मेक्सिकोले इक्वेडर, इंग्ल्यान्डले कङ्गो, बेल्जियमले सेनेगल, अमेरिकाले बोस्निया एन्ड हर्जगोभिना, स्पेनले अस्ट्रिया, पोर्चुगलले क्रोएसिया, स्विट्जरल्यान्लण्ड अल्जेरियालाई पराजित गरे ।
यस्तै, आजै बिहान सम्पन्न खेलमा इजिप्टले अस्ट्रेलियालाई, अर्जेन्टिनाले केप भर्डेलाई तथा कोलम्बियाले घानालाई पराजित गरेर अन्तिम १६ मा स्थान पक्का गरेका छन् ।
यता, चार पटकको पूर्वविजेता जर्मनी, गत संस्करणमा तेस्रो भएको क्रोएसिया, दाबेदार मानिएको नेदरल्यान्ड्स, एसियन पावरहाउस जापान, अफ्रिकन डार्क हर्स सेनेगलजस्ता टोली नकआउट चरणबाटै बाहिरिएका छन् ।