फिफा विश्वकप २०२६ को–को पुगे नकआउटमा र को बाहिरिए समूह चरणबाटै?

23 June, 2026 66 Views
फिफा विश्वकप २०२६ को–को पुगे नकआउटमा र को बाहिरिए समूह चरणबाटै?
66
सन् २०२६ को फिफा विश्वकप (FIFA World Cup 2026) अन्तर्गत समूह चरणका खेलहरू तीव्र रूपमा अघि बढिरहँदा नकआउट चरण (राउन्ड अफ ३२) मा पुग्ने र प्रतियोगिताबाट बाहिरिने टोलीहरूको समीकरण बन्न थालेको छ। 
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आयोजक मेक्सिको (समूह ‘ए’ बाट), अमेरिका (समूह ‘डी’ बाट), जर्मनी र साविक विजेता अर्जेन्टिना (समूह ‘जे’ बाट) ले लगातार दुई जित दर्ता गर्दै नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन्। फिफाले यसपटक टोली संख्या बढाएर ४८ पुर्‍याएकाले इतिहासमै पहिलो पटक १२ समूहका शीर्ष दुई टोली र आठ उत्कृष्ट तेस्रो हुने टोलीहरू अर्को चरणमा प्रवेश पाउने नियम रहेको छ। फ्रान्स र नर्वे जस्ता बलिया टोलीहरूले पनि लगातार उत्कृष्ट नतिजा निकाल्दै नकआउटको यात्रा तय गरिसकेका छन्
अर्कोतर्फ, केही टोलीहरू भने समूह चरणको सुरुवाती खेलहरूमा खराब प्रदर्शन गर्दै प्रतियोगिताबाट घर फर्कन बाध्य भएका छन्। समूह ‘सी’ मा रहेको ह्याटी ब्राजिलसँग ३–० ले पराजित भएसँगै यस विश्वकपबाट बाहिरिने पहिलो टोली बनेको छ। 
त्यसैगरी, लामो समयपछि विश्वकपमा फर्किएको टर्की पनि पराग्वेसँग १–० ले स्तब्ध हुँदै समूह चरणबाटै बाहिरिएको छ। यसैक्रममा, जापानसँग ४–० को ठूलो अन्तरले पराजित भएपछि ट्युनिसिया को पनि विश्वकप यात्रा आधिकारिक रूपमा समाप्त भएको छ। बाँकी रहेका अन्य टोलीहरू भने समूह चरणको अन्तिम खेल मार्फत नकआउटमा पुग्न वा घर फर्कनका लागि संघर्ष गरिरहेका छन्।

Related Post