फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु, दुई घाइते

फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु, दुई घाइते
90

काठमाडौं । पोखराको फेवातालमा भारतीय नम्बर प्लेटको कार खस्दा दुई भारतीय नागरिकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

मृत्यु हुनेमा भारतको रक्सौलका २६ वर्षीय नवदीप कुमार यादव र पहिचान नखुलेका करिब ४०–४५ वर्षीय पुरुष छन्। घाइते २७ वर्षीय अनमोल कुमार यादव र ३३ वर्षीय सुरज यादवको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

शुक्रबार बिहान करिब ४ः५० बजे पोखरा–१८ गैरीचौतारा घुम्तीबाट कार करिब २० मिटर तल खसेर तालमा पुगेको थियो। कारमा चार जना सवार थिए।

प्रहरीले दुई जनालाई अचेत अवस्थामा उद्धार गरी अस्पताल पुर्‍याएको थियो। कारलाई क्रेनको सहयोगमा तालबाट निकालिएको छ। प्रारम्भिक अनुसन्धानमा चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

Related Post