गगन लक्षित शंकरको ब्यंग्य : आपराधिक जत्थाको विरोध गर्न नसक्नेहरूले एमालेको नाम जोड्न थाले

28 October, 2025 138 Views
गगन लक्षित शंकरको ब्यंग्य : आपराधिक जत्थाको विरोध गर्न नसक्नेहरूले एमालेको नाम जोड्न थाले
138

कात्तिक,काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन_जी आन्दोलनमा भएको विध्वंसमा संलग्न आपराधिक जत्थाको बिरोध गर्न नसकेको भन्दै काँग्रेस महामन्त्री गगन थापा लक्षित टिप्पणी गरेका छन् ।

महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा कांग्रेस महामन्त्री थापालाई लक्षित गर्दै लेखेका छन्, ‘लुटपाट, आगजनी र विध्वंसमा संलग्न आपराधिक जत्थाको विरोध गर्न नसक्नेहरूले अहिले एमालेको नाम जोड्न थालेछन् ।’

महामन्त्री थापाले केही दिन अघि एउटा अन्तर्वार्तामा आफ्नो घर एमालेका कार्यकर्ता र त्यसमा पनि अध्यक्ष केपी ओलीसम्म पहुँच भएकाले आफ्नो घर लुटपाट र आगजनी गरेको दाबी गरेका थिए । थापाको उक्त दाबीपछि महासचिव पोखरेलले थापाले लुटपाट, आगजनी र विध्वंसमा संलग्न आपराधिक जत्थाको विरोध गर्न नसकेर एमालेलेलाई दोषारोपण गर्न खोजे भन्दै रोष प्रकट गरेका हुन् ।

कांग्रेस महामन्त्री थापाले जेन-जी आन्दोलनका क्रममा भएको लुटपाट, आगजनी र विध्वंसमा संलग्न आपराधिक जत्थाको विरोध सार्वजनिक रूपमा अझैँ गरेका छैनन् ।

महासचिव पोखरेलले राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही भए पनि सबैलाई कडा कारबाही गर्नुपर्नेमा जोड समेत दिएका छन् । उनले लेखेका छन्, ‘राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही भए पनि सबैलाई कारबाही गरौँ । देश जलिरहेको बेला आरोप(प्रत्यारोप होइन, सत्य र न्यायको वकालत गरौँ ।’

Related Post