गगन थापा नेतृत्वको कांग्रेस कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोगमा विवरण पेस

गगन थापा नेतृत्वको कांग्रेस कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोगमा विवरण पेस
57

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको विवरण निर्वाचन आयोगमा पेस गरेको छ।

सोमबार महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा आयोग पुगेको कांग्रेस टोलीले नयाँ कार्यसमितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको तस्बिरसहितको विवरण बुझाएको हो।

कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली स्नेहीका अनुसार १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आयोगमा अद्यावधिक गराउने उद्देश्यले विवरण पेस गरिएको हो।

गगनकुमार थापा नेतृत्वको नयाँ कार्यसमितिलाई आधिकारिक रूपमा अद्यावधिक गर्न राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण बुझाइएको कांग्रेसले जनाएको छ।

उक्त ऐनमा राजनीतिक दलले केन्द्रीय कार्यसमिति वा पदाधिकारीमा परिवर्तन गरे निर्वाचन आयोगलाई जानकारी गराउनुपर्ने व्यवस्था छ। विवरण प्राप्त भएपछि आयोगले दल दर्ता किताबमा नयाँ कार्यसमितिको विवरण अद्यावधिक गर्नेछ।

 

Related Post