गृहमन्त्रालयको आग्रहपछि दुर्गा प्रसाईं वार्तामा आउन तयार

26 October, 2025 91 Views
गृहमन्त्रालयको आग्रहपछि दुर्गा प्रसाईं वार्तामा आउन तयार
91

कात्तिक, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सरकारले वार्ताका लागि देखाएको तयारीको स्वागत गरेका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले भने, “यदि सरकारले आधिकारिक रूपमा वार्ताका लागि बोलाएको हो भने, हामी यसको स्वागत गर्छौँ। ओली सरकारले कहिल्यै देखाउन नसकेको जिम्मेवारी अहिलेको सरकारले देखाएको छ भन्ने हाम्रो मूल्यांकन छ।”

प्रसाईंले जनताको आवाज सुन्ने सरकारको यो कदम सकारात्मक भएको बताएका छन्। उनले वार्ताको औपचारिकता मात्र नभई राष्ट्र र नागरिकको हितमा ठोस र परिणाममुखी समाधान अब देशले अपेक्षा गरेको स्पष्ट पारेका छन्।
यसैबीच, हाल विभिन्न समूहका नाममा धर्ना, जुलुस र प्रदर्शन भइरहेका विषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै गृह मन्त्रालयले वार्ता र संवादमार्फत समस्या समाधान गर्न सबै पक्षलाई आग्रह गरेको छ। मन्त्रालयले जारी विज्ञप्तिमा जायज माग र सरोकारलाई सम्बोधन गर्न सरकार गम्भीर रहेको जनाएको छ।

Related Post