गोलबजार गोलीकाण्ड : गणेश यादवका परिवारलाई १० लाख राहत घोषणा

31 July, 2026 62 Views
गोलबजार गोलीकाण्ड : गणेश यादवका परिवारलाई १० लाख राहत घोषणा
62

काठमाडौं। सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर ज्यान गुमाएका १५ वर्षीय गणेश यादवका परिवारलाई औरही गाउँपालिकाले राहतस्वरूप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

गाउँपालिकाले शुक्रबार सूचना जारी गर्दै औरही गाउँपालिका–२ तुलसीपुर–मोतिपुर निवासी गणेश यादवका परिवारलाई राहत रकम प्रदान गर्ने जनाएको हो।

गणेश यादवको गोलबजारमा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएको थियो। गाउँपालिकाले शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्दै राहतस्वरूप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको जनाएको छ।

Related Post