गलत गर्ने आफ्नै पार्टीको भए पनि नछोड्ने गृहमन्त्री गुरुङको चेतावनी

18 June, 2026 63 Views
गलत गर्ने आफ्नै पार्टीको भए पनि नछोड्ने गृहमन्त्री गुरुङको चेतावनी
63

 गृहमन्त्री सुधन गुरुङले गलत गर्नेलाई जो कोहीलाई पनि सरकारले नछाड्ने बताएका छन् । सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्ती गुरुङले गल्ती गने कसैलाई पनि नछोड्न सुरक्षा निकायलाई आफूले निर्देशन दिइसकेको बताए ।

उनले भने, ‘सेवा नै हाम्रो धर्म हो । सुरक्षा निकायहरू नागरिकको सेवामा खट्ने हो । अपराध नियन्त्रणदेखि लिएर सबै कुरामा सबै सुरक्षा निकायका प्रमुखहरूसँग हिजो बैठक बसेको थियो । यसमा हामी निर्मम रूपमा प्रस्तुत हुन्छौँ । गलत गर्ने आफ्नो पार्टी, अर्काको पार्टी भनेर हामीले हेर्दैनौँ । गलतलाई गलत नै भन्छौँ ।’

उनले सुरक्षा निकायमा राजनीतिक दबाब, चलखेल अन्त्य भएको जिकिर गरे । गुरुङले विपद् व्यवस्थापनको तयारीमा सरकार लागिसकेको बताए । पूर्व(पश्चिम राजमार्ग, पृथ्वी राजमार्ग लगायत विभिन्न सडक अवरुद्ध भइरहेका सन्दर्भमा गृह मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयबीच समन्वय भइरहेको उनले बताए।

बाढी(पहिरो जस्ता विपद्का बेला तत्काल सडक खुलाउन आवश्यक उपकरण कहाँ छन् भन्ने जानकारी दिने डिजिटल प्रणाली विकास गरिएको बताए। राइड सेयरिङ एपजस्तै अवधारणामा आधारित प्रणालीमार्फत डोजर तथा अन्य उपकरणको स्थान पहिचान गरी आवश्यक ठाउँमा छिटो परिचालन गर्न सकिने बताए ।

उनले विगतका सरकारका कामको आलोचना मात्र नगरी राम्रो अभ्यासलाई निरन्तरता दिँदै कमजोरी सुधार्दै सरकार अघि बढ्ने बताए ।

Related Post