21
काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री फणीन्द्र देवकोटाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
नेपाल समाजवादी पार्टी (नेसपा) का देवकोटाले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीका रूपमा शपथ लिएका हुन् ।
यसअघि देवकोटाले मन्त्रालय छाडेपछि नेपाली कांग्रेसका नन्दप्रसाद न्यौपानेले ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए । मन्त्रिपरिषद् हेरफेरसँगै न्यौपानेलाई भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
गण्डकी प्रदेशमा भौतिक पूर्वाधार र ऊर्जा मन्त्रालयलाई तुलनात्मक रूपमा बढी बजेट विनियोजन हुने मन्त्रालयका रूपमा लिइन्छ ।