घट्यो सुनचाँदीको मूल्य, सुन प्रतितोला २ लाख ९१ हजार ९००

04 October, 2026 47 Views
घट्यो सुनचाँदीको मूल्य, सुन प्रतितोला २ लाख ९१ हजार ९००
47

काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ९०० रुपैयाँ र चाँदीको मूल्य ६० रुपैयाँले घटेको हो।

मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ३९० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।

यसअघि गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदी प्रतितोला ४ हजार ४५० रुपैयाँमा खरिदबिक्री भएको थियो।

आजको मूल्यअनुसार शुक्रबारको तुलनामा सुन र चाँदी दुवैको भाउमा गिरावट आएको हो।

Related Post