काठमाडौँ । दसैँको अवसर पारेर सिद्धार्थ बैंकले दराजसँगको सहकार्यमा ‘१०–१० दसैँ धमाका’ अफर ल्याएको छ। अफरअन्तर्गत सिद्धार्थ बैंकका भिसा डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले दराज एपबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट पाउनेछन्।
यो अफर २०८३ असोज १५ गतेदेखि २६ गतेसम्म लागू हुने बैंकले जनाएको छ। भिसा डेबिट कार्डबाट खरिद गर्दा १० प्रतिशतसम्म, अधिकतम १ हजार रुपैयाँ र भिसा क्रेडिट कार्डबाट खरिद गर्दा १५ प्रतिशतसम्म, अधिकतम १ हजार ५ सय रुपैयाँ छुट पाइनेछ।
अफरको लाभ लिन ग्राहकले दराज एपमा रहेको ‘Mega Dashain Discounts 10.10’ अभियानअन्तर्गत ‘Bank Voucher’ सेक्सनबाट सिद्धार्थ बैंकको भाउचर संकलन गर्नुपर्नेछ। उक्त भाउचर ग्राहकको Daraz प्रोफाइलको ‘My Vouchers’ मा सुरक्षित हुनेछ।
त्यसपछि कम्तीमा १ हजार ९ सय ९९ रुपैयाँको सामान खरिद गर्दा भाउचर छनोट गरी Visa Debit वा Credit Card लाई भुक्तानी माध्यमका रूपमा रोज्नुपर्नेछ। सिद्धार्थ बैंकको सम्बन्धित कार्डबाट भुक्तानी गरेपछि ग्राहकले तोकिएको छुट प्राप्त गर्नेछन्।
दसैँको किनमेललाई थप सहज र लाभदायी बनाउनुका साथै डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यले अफर ल्याइएको बैंकले जनाएको छ।
अफरसम्बन्धी थप जानकारीका लागि ग्राहकले बैंकको २४ सै घण्टा सञ्चालनमा रहेको ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’मा सम्पर्क गर्न सक्नेछन्।