हिमलुङ हिमालमा हिमपहिरो : संखुवासभाका दुई टुरिस्ट गाइडको मृत्यु

11

काठमाडौं । मनाङको हिमलुङ हिमालमा गएको हिमपहिरोमा परी संखुवासभाका दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा भोटखोला गाउँपालिका–३ का छेबी भोटे र वडा नम्बर २ का पासाङ भोटे रहेका छन् । उनीहरू दुवै जना टुरिस्ट गाइडका रूपमा काम गर्दै आएका थिए ।

गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेका अनुसार असोज ११ गते नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमाल क्षेत्रमा आएको हिमपहिरोमा उनीहरू परेका थिए ।

हिमपहिरोमा परेर मृत्यु भएका दुवै जनाको शव कैलाश हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि काठमाडौंमै दाहसंस्कार गरिने जनाइएको छ।

 
 
 

Related Post