हमासले आज सबै बन्धक रिहा गर्दै, विपिन जोशी सकुशल फर्किने आशा

13 October, 2025 94 Views
हमासले आज सबै बन्धक रिहा गर्दै, विपिन जोशी सकुशल फर्किने आशा
94

असोज, काठमाडौं । हमासले दुई बर्षदेखि बन्धक बनाएका सबैलाई आज रिहा गर्दैछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजनाको पहिलो चरणमा सहमति जनाउदै हमासले सबै बन्धक आज रिहा गर्न लागेको हो ।

हमासले आजै केहीबेरपछि बन्धक रिहा गर्ने प्रक्रिया शुरु गर्ने बताएको छ । हाल २० जीवित रहेका भनिएका बन्धक आज रिहा हुने छन् भने उनीहरूको रिहाइपछि हमासले बाँकी २८ मृत बन्धकको शव हस्तान्तरण गर्ने बताएको छ । त्यस्तै हमासको बन्धकमा रहेका नेपालका विपिन जोशीको समेत रिहाईको आशा गरिएको छ । तर विपिनको अवस्था बारे अहिलेसम्म स्पष्ट जानकारी प्राप्त भएको छैन । केहि रिपोर्टहरुले विपिनको नाम हमासको जीवित बन्धकको सुचिमा रहेको बताएकाले उनी सकुशल रिहा हुने आशा गरिएको छ ।

युद्धविराम सम्झौता अन्तर्गत सबै ४८ बन्धकहरूलाई रिहा गर्न हमासलाई दिइएको समयसीमा स्थानीय समय अनुसार सोमबार दिउँसो १२ बजे ९दिउँसो ३स्४५ नेपाली समय० सम्म रहेको छ । इजरायलले २० बन्धकको सट्टा करिब दुई हजार प्यालेस्टिनी बन्दी रिहा गर्नेछ ।

७ अक्टोबर २०२३ मा हमासले इजरायलमा आक्रमण गर्दा १२ सय जनाको ज्यान गएको थियो भने २५१ जना बन्धक बनाइएका थिए । त्यसपछि जवाफी कारबाही गरेको इजरायलले गाजामा ६७ हजारभन्दा धेरैको ज्यान गएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Related Post