ईक्यान केन्द्रीय सदस्यमा प्रभात पौडेलको उम्मेदवारी

07 January, 2026 196 Views
ईक्यान केन्द्रीय सदस्यमा प्रभात पौडेलको उम्मेदवारी
196

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान–ECAN) को २०औँ साधारणसभा तथा महाधिवेशन आगामी पुस २८ गते हुँदै छ । महाधिवेशन नजिकिँदै जाँदा संगठनभित्र नेतृत्व चयनलाई लिएर चहलपहल तीव्र बनेको छ। २८ गते हुने नयाँ नेतृत्वको चयनको क्रममा युवा शैक्षिक परामर्श व्यवसायी प्रभात पौडेलले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।

उम्मेदवारी घोषणा गर्दै पौडेलले ईक्यानभित्र युवा नेतृत्वलाई निर्णायक भूमिकामा पुर्‍याउने, सदस्य मैत्री सेवा प्रणाली विकास गर्ने तथा नीति, नियम र आचारसंहितालाई व्यवहारमा लागू गर्दै संघलाई अझ व्यावसायिक, पारदर्शी र उत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

शैक्षिक परामर्श व्यवसायमा देखिएका चुनौती र कमीकमजोरी सुधार गर्न स्पष्ट योजना आफूसँग रहेको बताउँदै पौडेलले व्यवसायिक हित, नैतिक अभ्यास र संस्थागत सुशासनलाई मजबुत बनाउँदै सबै सदस्यसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।

सभ्य, मर्यादित र परिणाममुखी कार्यशैलीमार्फत ईक्यानलाई अझ सशक्त बनाउने आफ्नो लक्ष्य रहेको उल्लेख गर्दै उनले सम्पूर्ण मतदाता सदस्यको विश्वास, साथ र समर्थन प्राप्त हुनेमा आफू आशावादी रहेको बताएका छन्।

Related Post