ईश्वरी भुजेल हत्या प्रकरण: 'नेपाली ब्रो' सहित थप ३ जना पक्राउ, ५ दिनको म्याद थपेर अनुसन्धान गरिँदै

08 June, 2026 109 Views
ईश्वरी भुजेल हत्या प्रकरण: 'नेपाली ब्रो' सहित थप ३ जना पक्राउ, ५ दिनको म्याद थपेर अनुसन्धान गरिँदै
109

काठमाडौँकाठमाडौँको तारकेश्वर नगरपालिका–६लोलाङ पैँयुटारमा भएको ४२ वर्षीया ईश्वरी भुजेलको हत्या आरोपमा प्रहरीले मुख्य अभियुक्त श्रीमान्‌सहित थप तीन जनालाई पक्राउ गरेको छ।

शुक्रबार राति भएको उक्त घटनामा संलग्न रहेको भन्दै मृतकका माइती पक्षले दिएको किटानी जाहेरीका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँले थप ३ जनालाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक (SP) पवनकुमार भट्टराईका अनुसार पक्राउ पर्नेहरूमा कुमार थापा (४२ वर्ष) मृतकका पतिजसलाई सामाजिक सञ्जाल (टिकटक) मा 'नेपाली ब्रोवा रेस्लरका रूपमा चिनिन्छ (मुख्य अभियुक्त), विक्रम थापा(३६ वर्ष)नुवाकोट घर भई हाल तारकेश्वर–६ पैँयुटार बस्ने,पुजन थापा क्षेत्री (४० वर्ष) काठमाडौँ महानगरपालिका–१६ बालाजु बस्ने र प्रतीक्षा आचार्य (२५ वर्ष) जुम्लाको हिमा गाउँपालिका–१ घर भई हाल गोकर्णेश्वर बस्ने मुख्य अभियुक्त सहित थप ३ जना लाइ प्रहरीले नियन्त्रणमा लियको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसारजेठ २२ गते (शुक्रबार) राति करिब १०:१० मा कुमार थापा मगरले श्रीमती ईश्वरीमाथि फलामको रडखुकुरीढुङ्गा र इँटा प्रहार गरेका थिए।

नेपाली सेनामा प्राविधिक सुवेदार पदमा कार्यरत ईश्वरी ड्युटी सकेर घर फर्किएकै रात यो आक्रमण भएको थियो। गम्भीर घाइते भएकी ईश्वरीलाई तत्कालै त्रिवि शिक्षण अस्पताल (टीचिंग)महाराजगञ्ज पुर्‍याइए पनि उपचारका क्रममा उनको मृत्यु भयो। घटनालगत्तै मुख्य अभियुक्त कुमार थापालाइ प्रहरीले सोही राति बालाजु क्षेत्रबाट नियन्त्रणमा लिएको थियो।

उनीहरू चारैजनालाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको एसपी भट्टराईले बताए ।

Related Post