Infinity Education Hub को नयाँ शाखा जोरपाटीमा मेयर दीपक रिसालद्वारा औपचारिक रूपमा उद्घाटन

25 November, 2025 419 Views
Infinity Education Hub को नयाँ शाखा जोरपाटीमा मेयर दीपक रिसालद्वारा औपचारिक रूपमा उद्घाटन
419

काठमाडौं, २५ नोभेम्बर २०२५ – अन्तर्राष्ट्रिय शिक्षा सेवा प्रदायक संस्था Infinity Education Hub ले गोकर्णेश्वर-६, जोरपाटीमा आफ्नो नयाँ शाखा आज औपचारिक रूपमा उद्घाटन गरेको छ। उद्घाटन समारोहमा गोकर्णेश्वर नगरपालिकाका मेयर श्री दीपक रिसाल प्रमुख अतिथि थिए। समारोहमा विशेष अतिथिहरू, संस्थाका प्रतिनिधि, विद्यार्थीहरू, अभिभावक र सञ्चारकर्मीहरूको समेत उपस्थिति रहेको थियो। मेयर रिसालले रिबन काटेर शाखाको औपचारिक उद्घाटन गरे र नयाँ शाखाले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा व्यक्त गरे।

शाखा व्यवस्थापक सरेश ढुङ्गाना का अनुसार, “हाम्रो नयाँ शाखा मार्फत विद्यार्थीहरूलाई जापान, अष्ट्रेलिया, यूके, क्यानडा र USA जस्ता लोकप्रिय विदेश गन्तव्यहरूमा उच्च शिक्षा प्राप्त गर्ने अवसर उपलब्ध गराइनेछ। यसका साथै विद्यार्थीहरूको भाषा र परीक्षा तयारीलाई सहज बनाउन IELTS, PTE, Duolingo, SAT, र जापानी भाषा कक्षा (JLPT/NAT) पनि प्रदान गरिन्छ। हामी विद्यार्थीहरूको व्यक्तिगत आवश्यकता र लक्ष्यअनुसार मार्गदर्शन पनि उपलब्ध गराउनेछौं।”

Infinity Education Hub ले आफ्ना विद्यार्थीहरूलाई पूर्ण मार्गदर्शन प्रदान गर्ने उद्देश्यले आवेदन प्रक्रिया, भिसा तयारी, विश्वविद्यालय छनोट, छात्रवृत्ति आवेदन, र अन्य प्रशासनिक सहयोगसमेत उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ। संस्थाले विश्वास दिलाएको छ कि विद्यार्थीहरूलाई केवल पढाइमा मात्र नभई विदेश अध्ययनसँग सम्बन्धित सबै चरणमा व्यापक सहयोग पुर्‍याउनेछ।

उद्घाटनको अवसरमा, संस्थाले विशेष अफर पनि घोषणा गरेको छ। यस अन्तर्गत जनवरी १५, २०२६ सम्म कक्षाहरू र सेवा शुल्कमा ७५% सम्म छुट उपलब्ध हुनेछ। यस अफरले विद्यार्थीहरूलाई आफ्नो विदेश अध्ययनको तयारी समयमै सुरु गर्न आर्थिक रूपमा सहयोग गर्ने उद्देश्य राखेको छ।

शाखाको उद्देश्य केवल पाठ्यक्रम प्रदान गर्नु मात्र होइन, विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय शिक्षा प्रणालीमा सहजता र आत्मविश्वासका साथ प्रवेश गराउने पनि हो। संस्थाले नयाँ शाखा मार्फत विद्यार्थीहरूलाई व्यक्तिगत परामर्श, आवेदन प्रक्रिया सहयोग, भाषा तयारी र करियर मार्गदर्शन उपलब्ध गराएर उनीहरूको शैक्षिक लक्ष्य प्राप्तिमा सहयोग गर्ने प्रतिवद्धता जनाएको छ।

Infinity Education Hub ले विश्वास व्यक्त गरेको छ कि नयाँ शाखा मार्फत काठमाडौंका विद्यार्थीहरूलाई विदेश अध्ययनका अवसरहरू सजिलो, पहुँचयोग्य र भरोसायोग्य बनाइनेछ। संस्थाले आफ्नो सेवामा उच्च गुणस्तर कायम राख्दै, विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा र मार्गदर्शन प्रदान गर्ने कार्य निरन्तर जारी राख्नेछ।

Related Post