इरान र बेल्जियमबीच गोलरहित बराबरी, भीएआरले इरानको गोल अस्वीकृत

22 June, 2026 15 Views
इरान र बेल्जियमबीच गोलरहित बराबरी, भीएआरले इरानको गोल अस्वीकृत
15

 विश्वकप फुटबलअन्तर्गत समूह चरणको दोस्रो खेलमा इरान र बेल्जियमले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।

प्रतिस्पर्धात्मक बनेको खेलमा इरानले पहिलो हाफको २४औँ मिनेटमा अग्रता लिएको जस्तो देखिए पनि उक्त गोलले मान्यता पाएन। इरानका मेहेदी तोरबीले बललाई जाली चुमाए पनि भीएआर (VAR) परीक्षणपछि उनी अफसाइड रहेको पुष्टि भएपछि गोल रद्द गरिएको थियो।

त्यसपछि बेल्जियमले लगातार आक्रमण गर्दै इरानको पोस्टमा दबाब सिर्जना गरेको थियो। तर इरानी गोलरक्षक अलिरेजा बेरानभान्ड उत्कृष्ट लयमा देखिए। उनले बेल्जियमका थुप्रै प्रहारलाई विफल पार्दै टोलीलाई गोल खानबाट जोगाए।

खेलको क्रममा बेल्जियमका नथान एनग्योएले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भएको थियो। त्यसपछि पनि कुनै टोलीले गोल गर्न नसक्दा खेल ०–० को बराबरीमा समाप्त भयो।

यसअघि समूह चरणको पहिलो खेलमा पनि दुवै टोलीले बराबरी नतिजा निकालेका थिए। बेल्जियमले इजिप्टसँग तथा इरानले न्युजिल्यान्डसँग बराबरी खेलेका थिए।

यो नतिजासँगै दुवै टोलीले समूह चरणमा लगातार दोस्रो बराबरी खेलेका छन् र नकआउट चरणको सम्भावना कायम राखेका छन्।

Related Post