जाजरकोटमा पहिरोमा परी आमाछारोका मृत्यु

16 August, 2026 49 Views
जाजरकोटमा पहिरोमा परी आमाछारोका मृत्यु
49

साउन, जाजरकोट । जाजरकोटको भेरी नगरपालिका(२ फारुल्लामा पहिरो जाादा  बेपत्ता भएका एकै घरका आमा(छोरा मृत फेला परेका छन् । शनिबार खसेको पहिरोमा परी बेपत्ता भएका रती खत्री र उनका छोरा ५४ वर्षीया ओमसिंह खत्री मृत फेला परेका हुन् ।  पहिरोमा पुरिएको अवस्थामा उद्धारमा खटिएको सुरक्षाकर्मीको टोलीले आइतबार बिहान उनीहरूको शव फेला पारेको हो ।

शनिबार बेलुकी नै सोही वडाको चिसापानीमा पनि पहिरो खसेको थियो । पहिरोमा परी ७० वर्षीय भीमबहादुर कार्की बेपत्ता छिन् । ५२ वर्षीया केदार कार्कीलाई उद्धार गरी उपचार लागि नेपालगञ्ज पठाउने क्रममा बाटोमै मृत्यु भएको थियो ।

पहिरोमा परी ६ जना घाइते भएका छन् । उनीहरूको सुर्खेत तथा जाजरकोट अस्पतालमा उपचार जारी छ । अहिले घटना स्थलमा सुरक्षाकर्मी पुगेर खोजी कार्य चलेको जाजरकोटका डीएसपी बुद्धीसागर पुरीले जानकारी दिए । घटना स्थलमा जानका लागि ठाउँ ठाउँमा पहिरोले सडक अवरुद्ध बनाएको कारण समस्या भइरहेको उनले जानकारी दिए ।

Related Post