21
काठमाडौँ। पाकिस्तानको ब्रोड पिक हिमालमा दुर्घटनामा ज्यान गुमाएका कीर्तिमानी नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ) सहित चार जना आरोहीको शव उद्धार गरी बेस क्याम्पमा ल्याइएको छ।
निम्स दाइका व्यावसायिक साझेदार तथा प्रतिनिधिसभा सदस्य मिङ्मा डेभिड शेर्पाले पाकिस्तानबाट शव उद्धार गरिएको पुष्टि गरेका हुन्।
उनका अनुसार निम्स पुर्जासँगै जोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव पनि कठिन उद्धार अभियानपछि सुरक्षित रूपमा बेस क्याम्पमा ल्याइएको हो।
उद्धार कार्य अत्यन्तै कठिन भौगोलिक अवस्था र प्रतिकूल मौसमका बीच सम्पन्न भएको थियो। उक्त अभियानको नेतृत्व वरिष्ठ आरोही मिङ्मा जीले गरेका थिए भने सिरबाज खान र उद्धार टोलीका अन्य सदस्यले पनि सक्रिय सहयोग गरेका थिए।
शवलाई बेस क्याम्प ल्याइएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप व्यवस्थापन गरिने बताइएको छ।