जेन-जी पुस्ताले उठाएको मागलाई सम्बोधन गर्न हामि तयार छौं : वर्षमान पुन

05 November, 2025 153 Views
जेन-जी पुस्ताले उठाएको मागलाई सम्बोधन गर्न हामि तयार छौं : वर्षमान पुन
153

कात्तिक, काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का नेता वर्षमान पुनले जेन(जी पुस्ताले उठाएको मागलाई सम्बोधन गर्न आफूहरू तयार भएको बताए । बुधबार राजधानीमा १० कम्युनिष्ट पार्टीको एकता सम्मेलनमा बोल्दै उनले सो बताएका हुन् ।

आजको डिजिटल पुस्ताले संसारभरिको विकास देखेको र त्यसलाई सम्बोधन गर्ने कार्यभार आफूहरूमा आएको भन्दै उनले जेन(जी युवाले आन्दोलनको पहिलो दिन भ्रष्टाचारको विरुद्धमा उठाएको कुरालाई आफ्नो पार्टीले आत्मसात गर्न तयार रहेको बताए ।

तर, दोस्रो दिन भएको प्रहार भने आफूहरूलाई स्वीकार नभएको भन्दै उनले त्यसको छानबिन गरिनुपर्ने बताए । लोकतन्त्रको विकल्प झन राम्रो लोकतन्त्र र दलको विकल्प झन राम्रो दल भएको समेत उनले बताए ।

Related Post