जेन्जी आन्दोलनबारे पुर्वगृहमन्त्री रमेश लेखक : प्रधानमन्त्री र मेरो तर्फबाट आदेश दिइएको थिएन

10 October, 2025 123 Views
जेन्जी आन्दोलनबारे पुर्वगृहमन्त्री रमेश लेखक : प्रधानमन्त्री र मेरो तर्फबाट आदेश दिइएको थिएन
123

असोज, काठमाडौं । तत्कालीन गृहमन्त्री रमेश लेखकले भदौ २३ गतेको जेन–जी प्रदर्शनमा बल प्रयोग गर्न आफूले आदेश नदिएको बताएका छन्। उनले गृहमन्त्रीको हैसियतले कुनै निर्देशन नदिएको स्पष्ट पार्दै भने, “प्रधानमन्त्री र मेरो तर्फबाट आदेश दिइएको थिएन।”

भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्धको प्रदर्शनमा काठमाडौंमा मात्रै १७ जनाको मृत्यु भएको थियो। लेखकले घटनाबाट आफू गहिरो दुःखित भएको र त्यसपछि तत्काल राजीनामा दिएको बताए। उनका अनुसार घटनामा सरकारी र व्यक्तिगत सम्पत्तिमा आगजनी भए पनि, बल प्रयोगको आदेश शीर्ष तहबाट आएको होइन।

Related Post