जेनजी आन्दोलनका घाइतेको स्वास्थ्य अवस्था बुझ्न शिक्षण अस्पतालमा स्वास्थ्य मन्त्री शर्मा

27 October, 2025 283 Views
जेनजी आन्दोलनका घाइतेको स्वास्थ्य अवस्था बुझ्न शिक्षण अस्पतालमा स्वास्थ्य मन्त्री शर्मा
283

कात्तिक, काठमाडौं ।  नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले सोमबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल ९टिचिङ० को अवलोकन गरेकी छन्। उनले अवलोकनका क्रममा जेनजी आन्दोलनमा घाइते भएका व्यक्तिहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन्।

मन्त्री शर्मा गौतमले अस्पताल पुगेर तीन जना घाइते भेटेकी थिइन्। ‘म टिचिङ अस्पतालमा घाइतेहरूको अवस्था बुझ्न आएकी हुँ। जेनजी आन्दोलनमा घाइते भएका तीन जना यहाँ हुनुहुँदो रहेछ। उहाँहरूको उपचारमा कुनै कमी छैन, राम्रोसँग उपचार भइरहेको छ,’ उनले भनिन्।

उनका अनुसार तीन जना मध्ये दुई जनाको स्वास्थ्य अवस्था सुधारोन्मुख छ भने एक जनाको हड्डी भाँचिएको र प्लास्टिक सर्जरी गरेर उपचार भइरहेको छ। आन्दोलनका घाइतेहरूलाई भेटेपछि मन्त्री शर्मा गौतमले संवेदना व्यक्त गर्दै भनिन्, ‘यस्ता दृश्य देख्दा मलाई नरमाइलो लाग्यो । यो आन्दोलन व्यर्थ नजाओस् भन्ने मेरो चाहना छ।’

उनले अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरूसँग उपचारको अवस्थाबारे जानकारी लिँदै आवश्यक सहयोगका लागि मन्त्रालयबाट सक्दो सहजीकरण गर्ने प्रतिबद्धता जनाइन्।

Related Post