159
असोज, काठमाडौं । आफू जेनजी भएको भन्दै विभिन्न सरकारी कार्यालयमा पुगेर अधिकारीहरुलाई धम्क्याउदा पक्राउ परेका ठग मुद्दा लागेका अर्जुन शाहीको साथबाट असईको परिचयपत्र बरामद गरेको छ । असोज २९ गते कोटेश्वरबाट पक्राउ परेका शाहीको साथबाट प्रहरी सहायक निरीक्षकको परिचयपत्र बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिएका छन् । अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ घर भएका २६ वर्षीय शाही ठगी र बैंकिङ कसुरको फरार अभियुक्त समेत हुन् । उनले कोरिया पठाउँछु भनेर रामेछापको सुनापति गाउँपालिका वडा नम्बर २ घर भएका ३ जना सहित ६ जनाको पासपोर्ट लिएको भेटिएको छ ।