जेनजीहरुलाई एक बनाएर नयाँ पार्टी खोल्छौंः मिराज ढुंगाना

17 October, 2025 288 Views
जेनजीहरुलाई एक बनाएर नयाँ पार्टी खोल्छौंः मिराज ढुंगाना
288

असोज,काठमाडौं । जेनजी आन्दोलनका अगुवा मिराज ढुंगानाले जेनजीहरुलाई एक बनाएर नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् । मिराजले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा भिडियो सार्वजनिक गर्दै जेनजीहरु मिलेर नयाँ पार्टी खोल्न लागेको घोषणा गरेका छन् ।

उनले जेनजीहरुलाई मिलाएर पार्टी खोल्नका लागि वार्ता समिति गठन गरेका छन् । आन्दोलन जेनजीबाट सुरुवात भएपनि अहिलेको क्रान्ति सबै युवाहरु सँगै जनताको सहभागिताले सफल भएको बताएका छन् । अब पार्टी खोल्नै पर्ने भएको तर अहिलेकै व्यवस्थामा निर्वाचनमा सहभागि नहुने समेत स्पष्ट पारेका छन् । प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्ने बटम लाइन रहेको बताएका छन् ।

Related Post