84
असोज,काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद् पुनर्स्थापनाको विषयमा राष्ट्रिय सहमति जुटाउनका लागि बोलाएको प्रमुख राजनीतिक दलहरूको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले कठोर सर्तसहित सुझाव राखेका छन् ।
उनले देशमा गहिरिँदै गएको राजनीतिक अस्थिरता र जनअसन्तुष्टिको मूल कारण संरचनागत त्रुटिहरू भएको भन्दै जेनजीका माग पूरा गर्ने सुनिश्चितता भएपछि मात्र संसद् पुनर्स्थापनाको मुद्दा लिएर अघि बढ्न सभामुखलाई आग्रह गरे । सभामुख घिमिरेले राजनीतिक दललाई बोलाएर संसद् पुनर्स्थापनाको आवश्यकता र प्रक्रियाबारे छलफल गरेका थिए । सोही क्रममा राप्रपाका तर्फबाट सहभागी भएका प्रवक्ता शाहीले सांसदलाई निरन्तरता दिने वा पुनर्स्थापना गर्नेभन्दा पनि देशलाई सही दिशा दिनका लागि आधारभूत सुधार आवश्यक रहेको धारणा राखे ।