जनज्योति क्याम्पसका प्राध्यापक तथा कर्मचारीद्वारा प्रधानमन्त्री राहत कोषमा ५१ हजार २०५ रुपैयाँ सहयोग

जनज्योति क्याम्पसका प्राध्यापक तथा कर्मचारीद्वारा प्रधानमन्त्री राहत कोषमा ५१ हजार २०५ रुपैयाँ सहयोग
42
काठमाडौं, भदौ २२ । जनज्योति क्याम्पस, भिमाद–६, तनहुँका प्राध्यापक तथा कर्मचारीहरूले बाढीपहिरो प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा रु. ५१ हजार २०५ आर्थिक सहयोग गरेका छन्।
विपद्को समयमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि राज्यले सञ्चालन गरिरहेको अभियानमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको हो।
क्याम्पसका प्राध्यापक तथा कर्मचारीहरूको सामूहिक सहयोगले विपद्का समयमा सामाजिक उत्तरदायित्व, मानवीय संवेदना र सहकार्यको भावनालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।
यसैबीच, रसुवा, धादिङ र नुवाकोटमा गएको बाढीपहिरोमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको छ।

Related Post