काठमाडौं । धनुषाको जनकपुरधाममा बिग्रँदो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार जनकपुरधामका तोकिएका क्षेत्रमा बिहीबार दिउँसो ३:३० बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको प्रशासनले जनाएको छ।
प्रशासनका अनुसार शान्ति–सुरक्षा कायम राख्न तथा सम्भावित अप्रिय घटना रोक्न कर्फ्यु लगाउने निर्णय गरिएको हो। कर्फ्यु लागू हुने क्षेत्र र अन्य आवश्यक विवरण औपचारिक सूचनामार्फत सार्वजनिक गरिने जनाइएको छ।