जसपा नेपालमा राजपा नेपाल विलय, राजनीतिक एकताको नयाँ घोषणा

06 October, 2026 99 Views
जसपा नेपालमा राजपा नेपाल विलय, राजनीतिक एकताको नयाँ घोषणा
99

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) मा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) समाहित भएको छ।

हरिनारायण यादव संयोजक रहेको राजपा नेपाल मंगलबार औपचारिक रूपमा जसपा नेपालमा विलय भएको जसपा नेपालका महासचिव डा. सुरेन्द्र झाले जानकारी दिएका छन्।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई थप संस्थागत गर्दै राजनीतिक उपलब्धि हासिल गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राखेर राजपा नेपाललाई जसपा नेपालमा समाहित गर्ने निर्णय गरिएको जनाइएको छ।

जसपा नेपालका अनुसार अधिकार प्राप्तिका विभिन्न आन्दोलन तथा सङ्घीयता र पहिचानको पक्षमा रहेका राजनीतिक शक्तिबीच एकता कायम गर्ने पार्टीको नीतिअनुसार राजपा नेपाललाई पार्टीमा समाहित गरिएको हो।

राजपा नेपाल जसपा नेपालमा समाहित भएसँगै पहिचान, सङ्घीयता र अधिकारका मुद्दामा केन्द्रित राजनीतिक शक्तिलाई थप एकताबद्ध गर्ने प्रयास भएको जसपा नेपालले जनाएको छ।

Related Post