जेठ १९ को दरबार हत्याकाण्ड र राजा वीरेन्द्रको स्मरण

02 June, 2026 66 Views
जेठ १९ को दरबार हत्याकाण्ड र राजा वीरेन्द्रको स्मरण
66

काठमाडौँजेठ १९ ।
आजभन्दा ठीक २४ वर्ष अगाडि जेठ १९ गते शुक्रबारका दिन नारायणहिटी दरबारको 'त्रिभुवन सदनमा नियमित पारिवारिक जमघट (मासिक डिनर) चलिरहेको थियो। तर राति करिब ९ बजेपछि सुरु भएको अन्धाधुन्ध गोलीकाण्डले नेपालको इतिहास र राजसंस्थाको भविष्य सधैँका लागि बदलिदियो।

घटनाको छानबिन गर्न तत्कालीन सर्वोच्च अदालतका प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय र प्रतिनिधि सभाका सभामुख तारानाथ रानाभाट सम्मिलित एक

उच्चस्तरीय उच्चस्तरीय छानबिन समिति गठन गरिएको थियो। उक्त समितिले प्रत्यक्षदर्शी र जीवित बचेका राजपरिवारका सदस्यहरूसँग सोधपुछ गरी प्रतिवेदन तयार पारेको थियो। युवराज दीपेन्द्र देवयानी राणासँगको आफ्नो विवाहको कुरालाई लिएर परिवारसँगविशेष गरी मुमा बडामहारानी महारानी ऐश्वर्यसँग असन्तुष्ट थिए। सो रात उनले अत्यधिक मदिरा र अन्य नशालु पदार्थ सेवन गरेका थिए। नशाका कारण कोठामा लगिएका दीपेन्द्र केही समयपछि सैनिक पोसाकमा र स्वचालित हतियार (M16 र Submachine Gun) सहित बिलियर्ड हलमा प्रवेश गरे। उनले सबैभन्दा पहिले आफ्ना पिता राजा वीरेन्द्रमाथि गोली प्रहार गरे।

दीपेन्द्रले हलमा उपस्थित अन्य आफन्तहरूमाथि लगातार गोली बर्साए। बचाउन खोज्दा भाइ निराजन र आमा ऐश्वर्यलाई पनि उनले दरबारको बगैँचा र भर्‍याङ नजिकै गोली हाने

अन्तमादीपेन्द्रले दरबारकै बगैँचाको पोखरी नजिकै आफैँलाई गोली हानेर आत्महत्याको प्रयास गरेजसका कारण उनी गम्भीर घाइते भई कोमामा गए।

यस विरलै घट्ने सामूहिक हत्याकाण्डमा देहायका सदस्यहरूको मृत्यु भएको थियो: 

श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाह देव (तत्कालीन राजा)

श्री ५ बडामहारानी ऐश्वर्य राज्यलक्ष्मी देवी शाह (तत्कालीन रानी)

युवराज दीपेन्द्र वीर विक्रम शाह (घटनाको ३ दिनपछि छाउनी अस्पतालमा मृत्यु)

अधिराजकुमार निराजन वीर विक्रम शाह (राजा वीरेन्द्रका कान्छा छोरा)

अधिराजकुमारी श्रुति राज्यलक्ष्मी देवी शाह (राजा वीरेन्द्रकी छोरी)

अधिराजकुमार धीरेन्द्र शाह (राजा वीरेन्द्रका भाइ)

राजकुमारी शान्ति सिंह (राजा वीरेन्द्रकी दिदी)

राजकुमारी शारदा शाह (राजा वीरेन्द्रकी बहिनी)

कुमार खड्गविक्रम शाह (राजकुमारी शारदाका पति)

राजकुमारी जयन्ती शाह (राजा वीरेन्द्रकी भदै/बहिनी) 

घटनामा तत्कालीन अधिराजकुमारी कोमल शाह (पूर्वराजा ज्ञानेन्द्रकी पत्नी) सहित ५ जना गम्भीर घाइते भएका थिए। पूर्वराजा ज्ञानेन्द्र भने सो रात पोखरामा रहेका कारण घटनामा उपस्थित थिएनन्

छानबिन समितिले युवराज दीपेन्द्रलाई नै दोषी ठहर्‍याए पनि आम नेपाली जनताले आजसम्म पनि यो तथ्यलाई पूर्ण रूपमा स्वीकार गर्न सकेका छैनन्। यसका पछाडि केही प्रमुख कारण र संशयहरू छन्।

 राजा वीरेन्द्रको मृत्युपछि कोमामा रहेकै अवस्थामा दीपेन्द्रलाई राजा घोषणा गरियो। उनको मृत्युपछि जेठ २२ गते ज्ञानेन्द्र शाह नेपालका नयाँ राजा बने।

 युवराज दीपेन्द्र दाहिने हाते (Right-handed) थिएतर उनलाई लागेको गोलीको चोट टाउकोको देब्रे (Left) भागमा थियोजसले आत्महत्यामा ठुलो शंका जन्मायो।

शवहरूको कुनै विस्तृत पोस्टमार्टम वा स्वतन्त्र वैज्ञानिक जाँच गरिएन। घटना घटेको केही दिनभित्रै त्रिभुवन सदन र घटनास्थललाई पूर्ण रूपमा सफा गरियोजसले प्रमाणहरू नष्ट गरेको आरोप लाग्यो।

जनतामा यो घटनामा बाह्य गुप्तचर एजेन्सीहरू (जस्तै CIA वा RAW) वा दरबारभित्रकै राजनीतिक महत्त्वाकाङ्क्षा जोडिएको हुनसक्ने आशंका अझै कायमै छयद्यपि यसको कुनै आधिकारिक प्रमाण भेटिएको छैन।

Related Post