झापामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु

19 October, 2025 219 Views
झापामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु
219

कात्तिक, काठमाडौं । झापाको कचनकवल गाउँपालिका–२ मा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ ।

कचनकवलका ४९ वर्षीय लोकबहादुर गाइनेको आइतबार दिउँसो करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।


उनका अनुसार अमलखुट्टा खोलामा करेन्ट प्रवाह गरेर माछा मार्ने क्रममा आफैँलाई करेन्ट लागेर निजको मृत्यु भएको हो ।

घटनास्थलमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको प्रहरीले जनाएको छ । 

Related Post