कांग्रेस महामन्त्रीमा फेरि पौडेलको दाबी, खुला समूहबाट उम्मेदवारी

06 October, 2026 128 Views
कांग्रेस महामन्त्रीमा फेरि पौडेलको दाबी, खुला समूहबाट उम्मेदवारी
128

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा महामन्त्री पदमै उम्मेदवारी दर्ता गराएका छन्।

राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर पौडेलले मंगलबार खुला समूहबाट महामन्त्री पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्।

पौडेल यसअघि विशेष महाधिवेशनबाट पनि महामन्त्री चयन भएका थिए। १५औँ महाधिवेशनमा उनले पुनः महामन्त्री पदमै प्रतिस्पर्धा गर्ने निर्णयसहित उम्मेदवारी दर्ता गराएका हुन्।

कांग्रेसको जारी महाधिवेशनमा नेतृत्वका विभिन्न पदमा उम्मेदवारी दर्ता भइरहेका बेला पौडेलले पनि आफ्नो उम्मेदवारी औपचारिक रूपमा अघि बढाएका हुन्।

Related Post