कांग्रेस महाधिवेशनको मतदानमा दुई घण्टामा १ हजार २९३ मत खस्यो

09 October, 2026 157 Views
कांग्रेस महाधिवेशनको मतदानमा दुई घण्टामा १ हजार २९३ मत खस्यो
157

 

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भइरहेको मतदानमा पहिलो दुई घण्टामा १ हजार २९३ मत खसेको छ।

बिहान ८:३० देखि १०:३० बजेसम्मको विवरणअनुसार कोशी प्रदेशमा २२२, सुदूरपश्चिम र कर्णालीमा २५७, लुम्बिनीमा २०२, गण्डकीमा १८८ र बागमतीमा २१७ मत खसेको छ।

मतदान प्रक्रिया निर्वाध रूपमा जारी रहेको छ। महाधिवेशनमा कुल ७ हजार ३१७ प्रतिनिधि सहभागी छन्।

Related Post