कांग्रेस मुस्लिम सहमहामन्त्रीमा फिरदोष आलमको बाजी, सत्तारलाई ६२० मतले पछि पारे

15 October, 2026 481 Views
कांग्रेस मुस्लिम सहमहामन्त्रीमा फिरदोष आलमको बाजी, सत्तारलाई ६२० मतले पछि पारे
481

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट मुस्लिमतर्फको सहमहामन्त्रीमा मो. फिरदोष आलम निर्वाचित भएका छन्।

केन्द्रीय निर्वाचन समितिका अनुसार आलमले ३ हजार ३४७ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी अब्दुल सत्तारले २ हजार ७२७ मत प्राप्त गरे भने अतहर कमाल मुसलमानले ५५७ मत पाए।

एक पदका लागि तीन जनाबीच प्रतिस्पर्धा भएको थियो। विजयी आलम प्रतिनिधिसभा सदस्यसमेत हुन्। उनी गत फागुनमा भएको निर्वाचनमा रौतहट–२ बाट निर्वाचित भएका थिए।

Related Post