काँग्रेस नेता तथ विघटित संसदको अर्थ समितिका सभापति सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा

14 December, 2025 532 Views
काँग्रेस नेता तथ विघटित संसदको अर्थ समितिका सभापति सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा
532

मंसिर, काठमाडौं । काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधि सभाका अर्थ समिति सभापति सन्तोष चालिसेविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ । भ्रष्टाचार र अकुत सम्पत्तिको मुद्दा लिएर विशेष अदालत गएको अख्तियारले चालिसेविरुद्ध करिब ४ करोडको बिगो दावीसमेत गरेको छ । चालिसे २०७४ देखि २०७९ सम्म काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका मेयर थिए । २०७९ को निर्वाचनमा उनी काठमाडौं ३ बाट सांसद निर्वाचित भएका हुन् ।

अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा चालिसे पत्नी मन्दिरा,छोराहरू सागर र सन्दीपका साथै बुहारी प्रमिला पोखरेललाई प्रतिवादी बनाइएको छ । मुद्दा दर्ताको क्रममा रहेकाले विस्तृत विवरण आउन बाँकी छ ।

Related Post