कांग्रेस सभापति देउवा दम्पती आज स्वदेश फर्किँदै

14 November, 2025 100 Views
कांग्रेस सभापति देउवा दम्पती आज स्वदेश फर्किँदै
100

कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा दम्पती आज स्वदेश फर्किँदै छन् ।उपचारको लागि सिंगापुर गएका देउवा आज बेलुका स्वदेश फर्कन लागेका हुन् ।

उनीसँगै पत्नी आरजु राणा देउवा पनि स्वदेश फर्कन लागेको प्रवक्ता प्रकाशशरण महतले बताए । उनले भने,’सभापति आज बेलुकासम्म नेपाल आइसक्नुहुन्छ ।’

असोज २८ गते केन्द्रीय समिति बैठकलाई सम्बोधन गरेर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी दिएर उपचारको लागि गएका थिए।

Related Post