249
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणनामा रामहरि खतिवडाले अग्रता कायम गरेका छन्।
काठमाडौंको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी मतगणनामा हालसम्म १ हजार ९८९ मत गणना भएको छ। गणनाअनुसार खतिवडाले ९१७ मत प्राप्त गरेका छन्।
त्यस्तै, अजयबाबु शिवाकोटीले ६५३, डिल्लीराम सुवेदीले ५००, देवेन्द्रराज कँडेलले ३९५, विकास कोइरालाले ३३०, राजीव ढुंगानाले २९३, रमेशप्रसाद धमलाले २४४, अमृतकुमार अर्यालले २०४ र विमलराज क्षेत्रीले ७२ मत प्राप्त गरेका छन्।
सहमहामन्त्री खुलातर्फको मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।