कांग्रेस विशेष महाधिवेशनमा महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले दिए उम्मेदवारी

14 January, 2026 99 Views
कांग्रेस विशेष महाधिवेशनमा महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले दिए उम्मेदवारी
99

पुस, काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिएका छन् ।

निर्वाचन समिति स्रोतका अनुसार आइतबारदेखि भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा कांग्रेस नेता शर्मा र पौडेलले महामन्त्रीमा उम्मेदवारी दिएका हुन् । सभापतिमा भने गगन थापाको मात्रै एकल उम्मेदवारी परेको छ । बुधबार बिहान सहमतिका लागि सभापति शेरबहादुर देउवासँग थापा र शर्माले वार्ता गरेका थिए । तर वार्ता सफल भएन ।

 

Related Post