कांग्रेस विशेष महाधिवेशनमा सुरु भयो उम्मेदवारी दर्ता प्रक्रिया

13 January, 2026 222 Views
कांग्रेस विशेष महाधिवेशनमा सुरु भयो उम्मेदवारी दर्ता प्रक्रिया
222

पौष, काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि उम्मेदवारी दर्ता प्रक्रियाअन्तर्गत मनोनयन पत्र वितरण सुरु गरिएको छ। निर्वाचन समितिले तय गरेको कार्यतालिकाअनुसार सोमबारदेखि पदाधिकारी तथा केन्द्रीय सदस्य पदका लागि इच्छुक उम्मेदवारहरूले मनोनयन पत्र लिन पाउने व्यवस्था गरिएको हो। मनोनयन पत्र तोकिएको समयभित्र वितरण र दर्ता गरिने निर्वाचन समितिले जनाएको छ।

दोस्रो विशेष महाधिवेशनमा नेतृत्व चयनका लागि प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। विभिन्न पदमा उम्मेदवारी दिने तयारीमा रहेका नेताहरू मनोनयन प्रक्रियामा सक्रिय छन्।

Related Post