कांग्रेसको मतदान तीन घण्टा पछि सर्‍यो, दिउँसो १ बजेदेखि मतदान

08 October, 2026 144 Views
कांग्रेसको मतदान तीन घण्टा पछि सर्‍यो, दिउँसो १ बजेदेखि मतदान
144

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत निर्वाचन व्यवस्थापनबारे केन्द्रीय निर्वाचन समितिले सभापति, उपसभापति र महामन्त्री पदका उम्मेदवारसँग आज छलफल गर्ने भएको छ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार बिहान ११ः३० बजे निर्वाचन कार्यालयमा हुने छलफलमा मतदान तथा निर्वाचन व्यवस्थापनलाई व्यवस्थित बनाउने विषयमा आवश्यक जानकारी र समन्वय गरिनेछ।

यसअघि बिहान १० बजेका लागि तय गरिएको मतदान समय दिउँसो १ बजेसम्म सारिएको छ। महाधिवेशनमा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्य पदका लागि ८३० जना उम्मेदवार चुनावी मैदानमा छन्।

कांग्रेसको २९७ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि मतदान हुनेछ।

मतदान केन्द्र

राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग: बागमती प्रदेश

खुलामञ्च: कोशी, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, नेपाली जनसम्पर्क समिति तथा सम्बन्धित समूहका प्रतिनिधि

Related Post