कांग्रेसको १५औँ महाधिवेशनमा कृष्णकुमारी बस्नेतले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

04 October, 2026 71 Views
कांग्रेसको १५औँ महाधिवेशनमा कृष्णकुमारी बस्नेतले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
71

काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ कृष्णकुमारी बस्नेतले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेकी छन्।

विद्यार्थी राजनीतिबाट सक्रिय राजनीतिक यात्रा अघि बढाएकी बस्नेत पशुपति क्याम्पसकी पूर्व स्ववियु उपसभापति तथा नेपाल विद्यार्थी संघ, पशुपति क्याम्पस इकाइकी पूर्व अध्यक्ष हुन्।

बस्नेतले राजनीतिशास्त्र र ग्रामीण विकासमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेकी छन्। साथै, उनले कानुनमा बीएएलएलबीसमेत गरेकी छन्। उनी बागमती प्रदेश योजना आयोगकी पूर्व सदस्य पनि हुन्।

कांग्रेसभित्र बस्नेतलाई शालीन, सरल र इमानदार नेतृका रूपमा चिनिने गरेको बताइन्छ। युवा पुस्तामाझ पनि उनको सक्रिय राजनीतिक उपस्थिति र प्रभाव रहेको कांग्रेसका नेताहरूको भनाइ छ।

आफूसँग रहेको राजनीतिक तथा संगठनात्मक अनुभवलाई पार्टीको केन्द्रीय नेतृत्वमार्फत थप प्रभावकारी रूपमा उपयोग गर्ने उद्देश्यले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेको बस्नेतले बताएकी छन्।

Related Post