कांग्रेसको १५औँ महाधिवेशनमा देउवा र ओली नजाने

04 October, 2026 110 Views
कांग्रेसको १५औँ महाधिवेशनमा देउवा र ओली नजाने
110

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा पूर्वसभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएका छन् । आइतबारदेखि सुरु हुने महाधिवेशनमा कांग्रेसले देउवा र ओली दुवैलाई प्रमुख अतिथिका रूपमा निमन्त्रणा गरेको थियो ।

देउवालाई पठाइएको निमन्त्रणालाई लिएर उनका स्वकीय सचिव भानु देउवाले शनिबार राति आपत्ति जनाएका थिए । कोही नभएको घरमा निमन्त्रणा छाडिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।

देउवा महाधिवेशनमा सहभागी नहुने नेपाली कांग्रेसको संस्थापनइतर पक्षका केन्द्रीय महाधिवेशन निर्वाचन समितिका संयोजक एगराज पोखरेलले जानकारी दिए ।

‘देउवा महाधिवेशनमा नजाने निश्चित नै हो । कुनै शंका छैन,’ पोखरेलले भने ।

त्यस्तै, एमाले अध्यक्ष ओली पनि कांग्रेस महाधिवेशनमा सहभागी नहुने भएका छन् । एमालेको प्रचार विभागले ओली सहभागी नहुने जानकारी दिएको हो ।

ओलीको सट्टा एमालेका तर्फबाट महासचिव शंकर पोखरेल कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुनेछन् ।

 
 
 

Related Post