84
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा निर्वाचन समितिले नयाँ नेतृत्व चयनको लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।
महाधिवेशनमा सभापति पदको उम्मेदवारी दर्ता गर्न ३० हजार शुल्क लाग्ने निर्वाचन समितिले जनाएको छ। उपसभापति र महामन्त्रीको लागि २५ हजार, सहमहामन्त्रीको लागि २० र केन्द्रीय सदस्यको लागि १० हजार शुल्क लाग्ने भएको छ।