129
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्री पदमा जीवनबहादुर शाही विजयी भएका छन्।
मतगणनाअनुसार शाहीले ३ हजार ९०६ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी जनकराज गिरीले १ हजार ३७६, राजन कुँवरले ३२४ र रामबहादुर विष्टले २६० मत प्राप्त गरेका छन्।
निर्वाचन समितिले मतगणना सम्पन्न भएको जानकारी गराए पनि औपचारिक नतिजा घोषणा गर्न भने बाँकी रहेको छ।
शाही १४औँ महाधिवेशनमा तत्कालीन सभापति शेरबहादुर देउवा समूहबाट सहमहामन्त्री पदमा उम्मेदवार बनेका थिए। त्यसबेला भने उनी पराजित भएका थिए।